खोला तिमी बगी रहन्छौ
किनरको ढुङ्गा म हेरी रहन्छु
तिमी मेरा किन वास्ता गथ्र्यौ
आखिर म त ढुङ्गा न परें

तिमीलाई थाहा हुनु पर्ने हो
मेरै शरिर भएर बग्दा
मेरा गोडाहरु
टुक्राटुक्रा पारी माटो बनाएर बगाउदा,
तिमीले सुन्नु पर्ने हो
मैले मर्मस्पर्शी चित्कार निकाल्दा
तर व्यस्त तिमी
सबैको आत्मा भिजाउन गए हुन्छ,
सबैको प्यास मेटाए हुन्छ
आकाशमा पुगी मै माथि बर्षिए हुन्छ
आखिर म त ढुङ्गा न परें

तिमी ठूला पहाड मुनीबाट
कलकल कलकल बगि रह्यौ
छेउछाउको खै केकेसंगै लिई
निर समुन्द्र भेट्न,
सपनाको त्यो छुट्टै विशाल संसार !
तर
म यहिँ छु
दुई किनरहरुमा लम्पसार
तिमीलाई आढ दिदै
तिमीलाई आफ्नो काँधमा लिँदै
ताकी तिमी त्यो घुमाउरो बाटो
राम्रो संग काट्न सक
तिम्रा बाटोमा आउने
पाहाड, कुना कन्दराहरु राम्रो संग छिचोल्न सक
म तिम्रो स्वार्थमा सधै
भरोसा बनेर उभिरहनेछु
संकल्प बनेर दृढ रहनेछु
अडिग, युगान्त तर निर्जीव
किनकी म त ढुङ्गा न परें।।।