मुन्नीको बदनामित कान्छी नेपाली
10:47 PM
गत वर्षसंकटकाल घोषण गर्नु पर्ने अवस्थामा लगभग पुगिसकेको थियो नेपाली सिनेमा । तर वर्षको अन्त्य तिर आएको लुटले व्लकबस्टर बनेर राम्रो गरेकालेआश मरेका एक खाले समूह लाई आशा जगाई दियो। त्यसमा अझ साथ दियो चपली हाईटले। यद्यपि, चपली हाईटको सेक्स मनोविज्ञानलाई गलत बुझेकाहरुले सेक्स कथालाई चलचित्र बनाएर पैसा कमाउने बाटो अपनाए । त्यसको नतिजाले झण्डैझण्डै फिल्मक्षेत्र दुर्गन्धित बनायो । खैर, यो विषय अर्को बहसको विषय बन्ला तर याहाँ मैले गर्नखोजेको कुरा चाहिँ भर्खरै सोसियल साईटहरुमा चर्चामा अझ भनौँ नेगेटिभ्ली चर्चामा आएको नेपाली चलचित्र 'थ्यान्क यू' को हो ।
नाम मात्रै सुन्दा पनि हिन्दीको नाम चोरेछ भनेर नाक खुम्च्याउनु भो होला । तर भर्खरै मात्र प्रोमोशनल संग भनेर युट्युवमा छोडिएको यसको गित पूरै हिन्दी फिल्म दबंग बाट कपि गरिएको छ । अर्थात, दबंगको सुपरहिट ‘मुन्नि बदनाम हुईडार्लिङ तेरे लिय’ लाई नेपालीमा ‘कान्छी बदनाम भई डार्लिङ तिम्रै लागि’ बनाईएको छ ।
नेपाली फिल्म ‘थ्यान्क यू’ को ‘कान्छी बदनाम भई’ भिडियोः
सुरज प्रधान ले बानाएको भनिएको यो फिल्मको उक्त गितको लेखन शंकर अधिकारी ‘घायल’ ले गरेका हुन रे। उनले यस अघि रेखा फिल्मस्को अन्दाज भन्ने फिल्मको ‘सिम्पल सिम्पल’ भन्ने सुपरहिट ट्र्याक लेखि सकेका छन । इमाईसंसारमा लेखिए अनुसार यो गित चाहिँ निर्माता÷निर्देशकले अह्राए अनुसार लेखेको भन्छन रे उनि ।
हिन्दी फिल्म ‘दबंग’ को ‘मुन्नी बदनाम हुई’ भिडियोः
आज भोलि नेपाली फिल्मको बहस सोसियल मिडिया विशेष गरि फेसबुक र ट्वीटरमा चर्काचर्कि रुपमा हुन थालेको छ । हामि जस्तो दर्शकको बुझाईमा यो सायद ट्रेन्ड परिवर्तनको फेज भएर हुन सक्ला । यसरी यो जुवारीमा एक थरी नयाँ ट्रेन्डको नयाँ चर्चा र कमजोरि हरुमा छन भने अर्को थरि चाहिँ विशेष गरि नेपाली सिनेमाको धेरै जसो हिन्दीबाट कपि गर्नेनराम्रो बानिको खेदो गरिरहेका छन, गर्नु पर्छपनि । किनभने अवश्य पनि चलचित्रमा त्यस संग सम्बन्धित निर्माता, निर्देशक, प्राविधिज्ञ अनि कलाकार सबैको आफ्नो कला र सृजना देखिए मात्र त्यो चलचित्र विक्न सफल हुन्छ , र हामि पनि त्यसै स्वरुप कलालाई पैसा खर्च गर्न चाहान्छौँ न कि अरुकोकलाको सिधा फोटोकपि लाई ।
हुनत यस अघि पनि हिन्दी फिल्मका नामहरु कपि गर्ने त कुरै छाडौँ केहि फिल्म कै सिनहरु पनि कपि गर्नेगरेको उधाहरणहरु अनगिन्ती छन । गित नैपनि तेरे नाम, कजरारे कजरारे, काँटा लगा जस्ता चर्चामा आएका गित हरुलाई नेपालीमा कपि गरिएको थियो । तर फिल्म मै राखिएको चाँहि यो लगभग पहिलो नै हो ।
आखिर किन हाम्रा निमार्ता निर्देशकहरु यति अल्छि छन ? आफू संग मेहनत छैन भने फिल्म नै नबनाउनु होईन भने अरुको कला सफल भएको देखेर हुबहू त्यसको नक्कल गर्नु त सिधै दर्शक फँसाउने काम भयो नि होईन र ?
त्यसो त दबंगकै ‘मुन्नि बदनाम’ पनि सन् १९९२ को पाकिस्तानी फिल्म मिस्टर चार्लिबाट उमर सरिफको स्वरको ‘लड्का बदनाम हुई’ नक्कल गरिएको रहेछ ।
पाकिस्तानी फिल्म ‘मिस्टर चार्लि’ को ‘लड्का बदनाम हुई’ भिडियोः
यद्यपि, उनिहरुले त्य गितलाई त्यसबेला भन्दा धेरै मोडरेट गरेका छन । तर हाम्रो भने भएको राम्रो लाई पनि चोरेर अझ तल्लो स्तरमा झारिएको छ , कस्तो लज्जास्पद ! चोर्नुकोपनि कला छैन तिनमा, कठै !
सबैलाई थाहा भएकै कुरा हो कलकार त्यसमा पनि प्रोफेसनल कलाकारहरु आफ्ना कला कै भरमा बाँच्नु पर्छ। अझ उद्योगको सम्म मान्यता नपाएको हाम्रो फिल्म ईन्डस्ट्रिमा कलाकारहरुलाई बाँच्न निकै गाह्रो छ । तर त्यसो भन्दैमा आफ्नो धरातल नै भुल्नु त भएन नि । असृजनशिल निर्माता÷निर्देशक र पैसाको नाममा आफ्नै अस्थित्व भुल्नेकेहि भतुवा कलाकारहरुको कारण सिंगो कलाक्षेत्र ग्रसित छ । लुटले ‘उध्रेको चोली’ को सट्टा ‘शिलाकी जवानी’ लाईकुनै ‘लिलाकी जावानी’ बनाएर बजारमा उत्रेको भए उसको यो नतिजा अवश्य हुन्नथ्यो।
यसर्थ, वरिष्ठ अभिनेता नीर शाहको भनाईमा ६० वर्ष अघि बामे सरिरहेको हाम्रो फिल्म क्षेत्र अझै पनि बामे नै सर्दैछ । यस्तो अवस्थामा यसलाई कसरि अघि बढाउने सोच्नुको साटो, अझ सृजनशिल हुनुको साटो, यस क्षेत्रमा लागेकाले यहि माटोलाई उर्वर बनाउन सोँच्नुको साटो अरुको हरेक कुरा नक्कल गरेर समय विताउनु त आफुले आफ्नै घुँडोमा बन्चरो हान्नु जस्तो भएन र ?
Labels: features, nepali movies, youtube charcha, आफ्नै विचार, चर्चापर्चा, नयाँ सोँच

Post a Comment