यदी तपाईं घरमा ल्यापटप चलाउनु हुन्छ तर वाईफाईबाट नेट चलाईने अन्य एन्ड्रोईड, आईओएस लगाएतका डिभाईसमा घरमा भएको एउटै कनेक्सनको कारण चलाउन नपाएर चिन्तित हुनुहुन्छ भने Connectify तपाईंको समाधान बन्न सक्छ । हुन त यो पुरानै सफ्टवेयर हो । तर मेरो प्रयोग अनुभवको आधारमा विशेष गरी विदेशमा जहाँ ईन्टर्नेट प्रदायक कम्पनिहरुको 'एक डिभाईस एक ईन्टर्नेट लाईन'को नियम हुन्छ(हाम्रो देशमा अझै सम्म चाहिँ एनटिसी को एडिएसएल सेवा एउटै लाईनबाट जतिले चलाउन पनि मिल्छ है)
त्यहाँ यसको प्रयोग महत्वपुर्ण हुनसक्ने हुँदा यहाँ तपाई माझ
ब्लगपोष्टको लागी प्रभावकारी सम्झेको छु ।


हुन त,यो सफ्ट्वेयर जस्तै विन्डोजले पनि सरल रुपमा तपाईंको ल्याप्टपलाई हटस्पट बनाउन सक्छ । तर सरल, छिटो र भरपर्दो तपाईंको आफ्नै हटस्पट निर्माणको लागी भने Connectify लाभदायी देखिएकोले यहाँ चर्चा गरिएको हो ।

कसरी काम गर्छ त Connectify ले ?

यसले तपाईंको ल्यापटपमा भएको वाईफाई डिभाईस प्रयोग गरेर तपाईको कम्प्यूटरमा जोडिएको कुनै पनि ईन्टरनेट कनेक्सनलाई वाईफाईमा रुपान्तर गरी छोड्ने काम गर्छ ।
यसरि तपाई आफैले SSID र पासवर्ड राखेर(पासवर्ड नराख्न पनि सकिन्छ) छोड्नुभएको वाईफाई कुनै पनि डिभाईसमा सजिलै प्रयोग गर्न सक्नु हुन्छ ।

मैले काँहा पाउछु त Connectify ?


Connectify २ तरिकामा यसको आफ्नै वेब्साईटमा उप्लब्ध छ:

१. Wi-Fi र Ethernet मात्र सेयरिङ्गको लागी Connectify Lite भर्जन उपलब्ध छ । यसको लागी तलको लिंकमा गई तपाईको ई-मेल आईडी  ईन्टर गर्नु पर्नेछ ।

२. यदी तपाईं पूरा वर्ष भरी वा लाईफ टाईम कै लागी लाईसेन्स प्राप्त गर्नु चाहानुहुन्छ भने चाँही क्रमश:३०$प्रती वर्ष वा ४५$ लाईफ टाईमको लागी तिरेर Connectify Pro भर्जन खरिद गर्न सक्नु हुन्छ ।

यहाँ प्रो भर्जन केहि महँगो देखिएता पनि यसले ब्रोड्ब्यान्ड, 3G/4G लगाएतका सबै ईन्टर्नेट सेयरिङ्ग गर्छ भने लाईट भर्जन बाटै पनि तपाईको लागी आधारभुत ईन्टरनेट सेयरिङ्गमा सहयोगी हुने निश्चित छ Connectify!

Connectify को लाईट वा प्रो भर्जन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।