कुरा केहि महिना अघि हरेक वर्ष वार्षिक रुपमा कम्पनिले गर्दै आएको एक दिवसीय भ्रमणमा सामिल हुँदाको हो । अझ कुरा भ्रमण गरेको गन्तव्यको भन्दा पनि गन्तव्यस्थल पुग्नु अघि आधा बाटो कै हो। 



लगातार तिब्र गतिको खोसोक बस (एक्सप्रेस बस) अनि त्यस भित्र रमाई रहेका हामि २६ जना(७ नेपाली र अरु केरियन) कम्पनी स्टाफ जाँदा नै लखतरान थियौ । ड्राईभर आजसीले केहि बेर विश्राम लिने जनाउ दिनु भए पछि वियरको चुस्कीले टम्मिएको पेट  सफा पार्ने अवसर मिल्यो सबैलाई :P 

कोरियाको द्रुतसडकहरुको राम्रो पक्ष के पनि लाग्छ भने यहाँ राजमार्गका हरेक निश्चित स्थानमा उच्चस्तरको सौचालय, पार्किङ्ग लगाएतको होटल र पसलहरु पाईन्छन । कोरिया कै प्रसिद्द समुन्दी र हरियाली क्षेत्र खांवनदोको भ्रमणमा बाटो परेको यो स्थान पनि त्यस्तै उच्चस्तरिय सुविधा सहितको तर केहि भिन्न भेटियो !
पार्किङ्गमा पुगेर गाडि रोकियो। हामि पेट तल हात राखि शैचालय खोज्न लागेउ । तर अचम्म स्वागतद्वारमा त हामि भन्दा ठूलो लिंग पो उभिरहेकोथियो,,,!


अलि पर पार्कमा पानीको तलाउमा हरेक कुरा लिंगले सजाईएको थियो। लिंग बनाई लिंग कै टुप्पोबाट पानि फोहोरा झारिएका । लिंग विच्छाई तस्विर खिच्ने ठाँउ । यस्तै यस्तै प्राय सबै लिंगकै सन्सार देखेर हामि सबै अनौठीयौँ । 




अझ धेरै त त्यो बेला अचम्मिएयौ जब हामि लिंग कै ग्यालरी भित्र छिरेउँ । सबै बोटविरुवाका जरा अनि पुराना काठका मुडा र ढुंगामा कलात्मक कुँदिएर, खोस्रिएर निखारिएका कलात्मक लिंगहरु थिए त्याँहा त ! तर विडम्बना भित्र CCTV क्षेत्र रहेछ, क्यामेरा लगेर पनि कोट मुन्तिर लुकाउनु शिवाय विकल्प रहेन :(




दार्शनिक ओशोको विचारलाई लिने हो भने समाजमा यौन सम्बन्धि कुराहरुलाई जति संकुचित बनाएर दबाईन्छ, त्यति नै यसले प्रतिक्रियात्मक असर देखाउँछ । सायद त्यस्तै वा अरु कुनै अर्थलाई यस ठाँउका कोरियनहरुले पनि आत्मसाथ गरेको हुनुपर्छ। 




अन्तमा कुनै पनि कुरा आफैमा अश्लिल हुँदैन । यसलाई त बेमतिपूर्ण ढंगको प्रयोग अनि खराब सोँचले अश्लिल बनाउने हो । त्यसैले यो लिंगपार्क विकशित कोरियाको कुनै एक कुनाबाट र्भखर उदांगीएको शुन्दर मानव कौशलको रुमा लियौँ मैले, हामिले। त्यस पछि हाम्रो भ्रमण गन्तव्य तिर लागेउँ । ,,,