माथि धेरै माथि
तिम्रै समिपमा
म पुग्दैछु कतै
छोडेर
मन कस्ने घेराहरु!

एक पल त लाग्छ,
कोमलिएछु म
रुवा सरी वादल भरि,,,
छुनलाई घामकै,,,
पारिलो प्रकाश!



एक पल मै लाग्छ
कतै दिन अनि रात,
अथवा दिनै-दिनहरुको
विचित्र संसार!!

आवाजहरुमा-म रोकिईन,
अवरोधहरुमा-म छेकिईन,
नीर समुन्द्र र आकाश सुदूरमा
उडिरहें उडिरहें!

माटो सरी सपनाहरुले
हावाको यो उडान भर्दैछु,
अदृश्य तिम्रो यादहरुमा पुग्न
खुला आकाश माथि डुबुल्की मार्दैछु!!!