विदेशी फूल
7:38 PM
#मेरो डायरी,
त्यसो त नाम्सान टावरलाई सउल टावर पनि भनिदो रहेछ । परदेशको ठाँउमा मन मिल्ने साथिहरु कमै भेटिन्छन । शिरिषले हिजो मात्र ट्वीटरमा डिएम पठाए पछि मैले भोलिको आईतवार त्यता हान्निने सोँचेको हुँ। ठाँउको बारेमा त्यति थाहा नभए पनि सबवे म्याप र नेभर डट कमले लोकेशन देखाईदियो । हुन त लगातार परि रहने ड्यूटीले कोरियाका धेरै ठाँउ घुम्न नपाएकोमा मन त्यसै खल्लो भई रहेको थियो, सोँचे राम्रै गर्यो शिरिषले । घुम्न धेरै मन पराउँछ ऊ । तर मसंग कहिले समय नै हुन्न कहिले घुम्ने मन,,,। तर भोलि जसरी नि निस्कन्छु भन्दा अचम्ति खुशी हुँदैथ्यो ऊ ।
तीन महिना अघि मात्र किनेको क्यानन डिएसएलआर घर्रा बाट झिकेँ अनि ब्याट्रिको अवस्था चेक गरेँ। दुईलाईन मात्र रहेछ । चार्जमा हालेँ । सउल टावरको बारेमा गुगल गर्दा त्याहाँ पार्क पनि रहेको थाहा पाए पछि तस्विर कै लागि मात्र भए नि त्याहाँ पुग्ने हुरहुरती चलको थियो, भित्री मनमा एक किसीमले ।
#उनको डायरी,
आमा पनि उस्सै चिन्ता लिनु हुन्छ । कोरिया नारि प्रधान देश हो भनेर कति बुझाउँ ? त्यसमा पनि जङ साङ्मीकी आमा आफै मलाई पनि लिएर जान लाग्नु भएको हो भने पछि बल्ल लौ जे पायो त्थही नखानु भन्दै अनुमति भयो । ओसान युनिभर्सिटी देखि सउल टावर कति ना टाढा पो हो र ? २ वर्ष भो यहाँ बसेर पढ्न थालेको । जङ साङ्मीलाई ईङ्लिस ट्युसन पढाउन थालेको नि ३ महिना भएछ । भोलि टेष्ट लिनु पर्ला भन्ने सोँच्दैथेँ । तर भोली उनको जन्मदिन रहेछ । १७ वर्ष लाग्दै गरेकी उनी कति स्वतन्त्र छिन । उनलाई आफूले चाहेको संसार हेरे पछि विहे गरिदिने सोँच छ भन्छिन उनकी आमा । यस अर्थमा मेरो संसार हेर्ने चाह पूरा गरिदिने मेरी आमा र जङ साङ्मीकी आमा समान लाग्नुहुन्छ । चाहे विकशित देश कोरिया र हाम्रो नेपालमा आकाश जमिनको असमानताहरु आर्थिक, सामाजीक, सांस्कृतिक अनि अरु धेरै हिसाबले किन नहोस !
नेपालीहरुले आयोजना गर्ने धेरै कार्यक्रम हुन्छन यहाँ पनि । तर खै किन हो,,, नेपालीहरुको हेराई अचम्मको लाग्छ मलाईविदेशमा । सायद, राष्ट्रियताको प्रभाव होला एकले अर्को नेपाली संग कति धेरै आत्मियता देखाएका ! नेपालमा हुँदा संगै निम्स कलेज पढेकी कास्कीकी रीमा गुरुङ संग राजेश पायल राईको कन्सर्ट हेर्न एकपटक थोङ्देमुन गएकी थिएँ । त्यस बेला थाहा पाए, कोरियन चाँडबाँडको बेलामा यहाँका केहि चर्चित ठाँउहरुमा त नेपालको असन बजारको हुल ठ्याक्कै उत्रने गर्छ, कापीमा कार्बनको चित्र सरे जस्ता । तर हत्तपत्त त्यस्ता कार्यक्रममा निस्कन जाँगर नै चल्दैन । बरु समय हुँदा जङ साङ्मी संग नयाँ ठाँउ घुम्न निस्कन्छु । खै किन हो, नेपालमा हुँदा बाहिर निस्कदा आमालाई खबर दिने बानी यहाँ छुटाउँन सकिन ।
क्रमसः...
Post a Comment