#आँखा
8:28 PM
कहिले मुस्कानको रहस्य
कहिले भावको पिडा
कहिले खुशिको वर्षा
त कहिले उन्माद चर्चा-
आँखा!
कहिले एकसरो सपना
कहिले कविको कल्पना
कहिले धमिलो सम्झना
त कहिले मसिनो तिर्षना-
आँखा!
कहिले आशा
कहिले भरोशा
नबोलेरै बुझिने
मनको भाषा-
आँखा!
अलौकिक शृङ्गार, शान-
आँखा
शरिर भित्र लुकेको, प्राण-
आँखा,
खात-खात अनुभुती संगालेर,
जन्म देखी मृत्यू विचको, प्रमाण-
आँखा!
Labels: कविता, साहित्य, साहित्य संसार
Post a Comment