भोली-विहिन
6:09 PM
एउटा केटो
![]() |
| तस्विर: touch-images.com |
गोजी उध्रेको सर्ट,
खिप खसेको पाईन्ट,,,
कान्तिपुरको
कंकट र सिमेन्ट घारी भित्र
दिनदिनै
लर्खराउँछ,,,
मानौँ,
ऊ खोज्दैछ–
उसका माटो दलिएका
निधार जस्ता
उधार भाग्यहरु !
खोज्दैछ–
जीउ भरि धज्जीएर
धुजा धुजा सपनाहरु !
र खोज्दैछ–
भलादमी र सभ्यहरु बाँच्ने
यो समाजमा
आफ्नो अस्तित्व !
के थाहा उसलाई?
कुन नयाँ वर्ष,
पूरानो कुन ?
दशैँ, तिहार, छट, होली,,,
सबै कुन चराका नामहरु ?
सरोकार छ त केवल,
तिम्रो भलादमी समाजले
भैँभरि छरेको
टुक्रे कागज,
एकएक गज जमिन चहारी
तुच्छ भनेर
अछुत गनिएका
फोहोर संगको
लडिबुडि,,,!
खै, काहाँ छन
च्याउसरि अवसरका हुलहरु ?
जबकि, २१ औँ शताब्दीको
घामको किरणले
ऊ र ऊ जस्तै सयौँलाई छुन्न,,,
अर्थात, काहाँ छ
देशको भविष्य ?
किनकी,
एउटा केटो
र उसको
गोजी उध्रेको सर्ट,
खिप खसेको पाईन्ट,,,
कान्तिपुरको
कंकट र सिमेन्ट घारी भित्र
दिनदिनै
लर्खराउँदैछ
भोली विहिन,,,भविष्य विहिन !!!
Labels: Nepal, आफ्नै विचार, कविता, साहित्य

Post a Comment