रिमझिम-रिमझिम
झरिले रुझ्दा
मनको भेल नफुटे हुन्थ्यो!
खहरे सरि,
खोला सरी ।

पोहोर साल छाएको
खरको छानो
तप्प-तप्प
चुहिएको,
आमाको सिरानी नेर,,,
म कसरी भुलू ?
र निदाउँ
यो विस्तारामा ?
कोल्टे फेर्दा
अर्को भेल फुट्छ-
गैरी खेतलाई
बाँकेले काटेको,,,
अहँ निद्रा छैन
पर्देशमा
मलाई
म जस्तै
पिरोलिएको
हजारौँ आत्माहरुलाई

तर
झरी रहन्छ यो झरि
रुझाईरहन्छ मेरो मन
फूटिरहेछ भेलहरु

म मात्र
परिस्थितिले पिल्सिएको
समयले छिर्क्याएको
नियतिले बिर्सिएको
मुकदर्शक !