दोधार छ जिन्दगी
दोधार जिन्दगीका बाटाहरु,
हिँड्न खोज्छु
लतारिन्छु
पछारिन्छु
तानिन्छु
घचेटिन्छु...
समालिनेनामै नलिई
किन ?
आखिर किन?
म मात्र याहाँ पिडित छु?
उसलाई हेर्छु, उनीलाई हेर्छु,
त्यसलाई हेर्छु, तिनीलाई हेर्छु
खुशि छन् सबै!
तर किन म छु निराश ?

मलाई थाहा छ ।
हाँसो भित्रै रुन्छन याँहा मान्छे हरु,
तर विवस म
आँशु लुकाउन खोज्छु, वर्षे वादल जस्तै
त्यत्तिकै बसूँ हावा आई उडाई दिन्छ,
हावा संगै उडूँ पाहाडले छेकि दिन्छ
साँच्चै दोधारे वादल
त्थसैले त
वादल र म उस्तै!