यी किशोर पानीका भेलहरु
हतारिँदै कता दगुरिरहेछन्?
कोशी भन्दा अझै तल
नीलो पानिमा मैयल पखारल्न ?

बुढो बलेसिहरु तप्पतप्प
किन तप्कि रहेको ?
पलभर नरोकिई, रेडियो जस्तै
कि उनले अब बोल्न पाउँदैनन् ?

भेल माथि पानिका थोपाहरु
बन्दै प्याट्ट–प्याट्ट फुटिरहेछन्
जीवनभरी ‘केही’ गर्न नभ्याउँने
मान्छेको छोटो जीवन जस्तै ?

बाँकेखोला उर्लिरहेछ
कैलो कपाल झै पानी लिएर
बाषौं देखिको रिस लिएर
के उनी संसार बगाउन चाहान्छिन ?

कैयन पल्ट मेरा यी प्रश्नहरु
बर्षे झरी संगै आउछन् जान्छन्
किशोर भेल, बुढा बलेशी, पानीका थोपाहरु र बाँके खोला...
के यी सब मेरा समय हुन ?