कोमल, रातो रंगमा,
थोपा–थोपा
विहानी शीतमा,
मीठो साँझमा,
अदृश्य हावाको सुस्केरामा !

लुटपुट
रंगीएर,
मिस्सिएर,
रस्सिएर,
अझ बढी कस्सिएर !

एकान्त गाँउमा,
फूलहरुमा,
कता–कता
अनन्त...
भुलहरुमा !

घरी–घरी
हराएर,
थुंगीएर,
अझ बढी
दुई आत्मामा
भुल्लिएर !

मात्र तिमी
मात्र म...
एक–अर्कामा हराएका
ती हरदिन,
हरक्षण,
हरनिमेष,
हरपल–––
प्रेमदिवस !