तस्विर: युइएफए 



स्पेन र जर्मनीको फाईनल हुन्छ भनेर ठोकुवा गर्नेहरुको भनाईलाई गलत सावित गर्दै विहिवार ईटालीले जर्मनीलाई २–१ को गोल अन्तरमा हराएर फाईन प्रवेश गरेको छ । यस संगै १ जूलाई, आईतवारका दिन हुने फाईनलमा फुटबलको विश्वकप पछि दोश्रो ठूलो माहाकुम्भ यूरो च्याम्पियनसिपमा स्पेन र ईटाली वीच भिडन्त हुँदै छ ।  यूरो–२००८ र विश्वकप–२०१० संगै लगातार तेश्रो पटक यूरो–२०१२ जितेर स्पेन फुटबलकै ठूला ट्रफीमा ह्याट्रिक गर्नेपहिलो राष्ट्रको रुपमा ईतिहाँस बनाउन चाहान्छ भनेउता इटाली सन् १९६८ पछि पहिलो पल्ट यूरो कपको ट्रफि उठाउन आँतुर देखिन्छ । यस सन्दर्भमा देश विदेशमा कसले यूरो–२०१२ कोट्रफि उचाल्ने हो भनेर प्रिडिक्सन रचिरहेको पाईन्छ ।  


स्पेन प्रतियोगिताको गतिलो दाबेदार टोली हो। पछिल्लोसमय फूटबलमा विशेष गरी “टिकी टाका” शैलीको प्रयोगले पोल्यान्ड र युक्रेनमा संयुक्त रुपमा आयोजना भईरहेको यूरो च्याम्पियनसिपका तटस्थ दर्शकलाई तान्न नसकेकोमा विरोध भए पनि स्पेनले यसको आधुनिक शैलीको प्रयोगबाट यूरो–२००८ र विश्वकप–२०१० जिति सकेको छ ।
यद्धपि, अन्य यूरोपियन खेलाडीहरु भन्दा शारिरीक हिसावले कमजोर भएपनि स्पेनी खेलाडीहरुको संगठीत भएर खेल्ने, छोटो र सटिक पास गर्ने शैली ठूला–ठूला अन्तराष्ट्रिय  प्रतियोगिता जित्ने आधार बन्दै आएको छ ।  
तस्विर: एएफपी 

स्पेनिस टोलीको सबै भन्दा बलियोपक्ष भनेको नै यसको रक्षा पंक्ति हो। अरु टोलीले जस्तो काउन्टर अट्याककोआँतुरी तिनीहरु गदैनन्। त्यसैले कतिपय फूटबलका विश्लेषकहरु स्पेनका प्रशिक्षक भिसेन्टे डेल बोस्कीलाई विना स्ट्राईकर टोलीलाई मैदानमा उतारेको आरोप लगाउँछन । त्यसकारण आईतवार यूक्रेनको किभमा हुनेसेमिफाईनलमा स्पेनको फरवार्ड पक्षले सकारात्मक नतिजा दिनेमा स्पनेनिस फ्यानहरु आशावादी देखिन्छन् ।

उता ईटाली भने समूहचरणको २ खेलमा क्रमशः स्पेन र क्रोयसिया संग ड्र खेले पनि पछिल्लो खेलहरुले उसलाई यूरोको गतिलो दाबेदारको रुपमा उभ्याउन सफल भईसकेको छ । समूह चरणको खेलमा ४ अंक सहित शीर्षस्थानमा रहेको क्रोयसियालेअन्तिम खेलमा स्पेन संग पराजय भोगे पछि तेश्रो स्थानमा रहेको ईटालीले आयरल्यान्डलाई हराउँदै क्वाटर फाईनलको यात्रा तय गरेको थियो। त्यस पछिको खेलमा यूरोकै दाबेदार टोलीहरु इंल्यान्ड र जर्मनीलाई हराउँदा ईटालीको चर्चा दमदार रुपमा चुलिएको छ । 

विहिवार मात्र भएको जर्मनि विरुद्धको खेलमा विशेषतः जमर्नीको हालसम्मको अविजीत यात्राले उत्प्रेरित विश्वस्त दर्शकहरु जर्मनी नै फाईनल पुग्नेमा निश्चिन्त थिए । तर कुरो भईदियो अर्कै, जब ईटालीको लागि स्ट्राईकर मारियो बालोटेली विपक्षि पोष्टमा हाबि भए । उनले खेलको पहिलो हाफ मै उत्कृष्ट हेड सहित दुई गोलको भारी दबाव जर्मनीलाई दिएका थिए । तसर्थ, आइतवारको खेलमा पनि यी २१ वर्षिया खेलाडीले यहि चमक जारी राखेमा ईटलीलाई यूरोकप घर लैजान सहज हुनेछ । 

स्पेन र ईटालीको मुडभेट चालु यूरो च्याम्पियनसिप दौरान मै पनि दोश्रो हो ।  यस अघि समूह चरणको खेलमा दुवैले १–१ को ड्र खेलेका थिए । त्यसोत, दुईवीचको खेल ईतिहाँसलाई हेर्ने हो भने दुवैले कुल ३० खेल(फ्रेन्डली सहित) खेल्दा स्पेनले ८ जित, १२ ड्र र १० मा हार बेहोरेको छ । जसमा स्पेनको ७ जित फ्रेन्डली म्याचमा थियो । 

समग्रमा जारी यूरोमा दुवै टोलीको प्रर्दशन राम्रो भएकोले प्रतिस्पर्धा निकै कडा हुने देखिन्छ । त्यसैलेआईतवार,  ईटाली ८ वर्ष पछि पहिलो पटक फाईनल पुग्दा  १९६८ पछिको ट्रफि विजेता बन्नु वा स्पेनले लगातार विश्वस्तरकोट्रफिमा ह्याट्रिक गर्ने पहिलो राष्ट्रमा गनिनु– फुटबल ईतिहाँस कै लागि अर्को एउटा ईतिहाँस हुनेछ, दुवैलाई वेस्ट अफ लक !