रंगहिन सपनाहरु
7:19 PM
सेता
मेरा रंगहिन
सपनाहरु
आकाशबाट झरिरहेछ
हिँउको नाम बोकि
हजारौ पर्देशी आँखाहरुमा!
हिजो
फाटेको सर्टको गोजी
भर्दैछु,
मैलो बिदेशी धूलोले
अभाव
संगालेर पाईला-पाईलामा
कोर्दैछु,
भविश्य कल्पनाको!!!
कतै
पोखिन्छ कि
टिलपिल ताराहरु-
अँधेरिमा
दियो नबल्दै--
डर छ,
किनकी
अनकन्टार कालो रातमा
असहाय, अदृश्य अनि मूल्यहिन छन-
सेता मेरा
रंगहिन सपनाहरु,,, ।
Post a Comment